जनसेवा माध्यमिक विद्यालयमा कक्षा ११ तथा जनाधार सामुदायिक क्याम्पस विविएस प्रथम वर्षका विद्यार्थीलाई स्वागत

पाँगास्थित जनसेवा माध्यमिक विद्यालयमा कक्षा ११ तथा जनाधार सामुदायिक क्याम्पस विविएस प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरियो । चैत्र १८ गते विद्यालय प्राङगणमा भएको स्वागत तथा बधाई कार्यक्रममा कक्षा १२ उतीर्ण तथा विविएस दोश्रो वर्ष उतीर्ण विद्याथीहरुलाई बधाई ज्ञापन गरी मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालयका अध्यक्ष माधवलाल महर्जन तथा पिटिए अध्यक्ष दिपक महर्जन तथा दुवै समितिका पदाधिकारीहरु उपस्थित भएको सो कार्यक्रममा कक्षा १२ का विद्यार्थी लोकेन्द्र वडुवालले सभाध्यक्षताको भूमिका निभाएका थिए । स्वागतका क्रममा जनाधार सामुदायिक क्याम्पस प्रमुख शिवराम श्रेष्ठले विद्यालयले प्रगति गरिरहेको र विद्यालयमै रहेको जनाधार सामुदायिक पनि गुणस्तरीय बनाइँदै लगिरहेको बताए ।

अध्यक्ष माधवलाल महर्जनले विद्यालय र क्याम्पसमा वृद्धि भएको विद्यार्थी संख्या देखेर खुशि लागेको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष दिपक महर्जनले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा सन्तुष्टि मिलेको बताए । दाता एवं ओजेटी प्रबन्धक एम एण्ड इ माइक्रोटेकका इ. दुर्कमान महर्जनले ओजेटि परम्परालाई निरन्तरता दिने बताए ।

प्रधानाध्यापक देवराज महर्जनले कार्यक्रम सफलतामा खुशी हुँदै सवैलाई धन्यवाद दिए ।

कार्यक्रममा जनाधार सामुदायिक क्याम्पसका संस्थापक सदस्य अर्जुन महर्जन, दाताद्वय इ. पद्मलाल महर्जन र कमला महर्जन, व्यवस्थापन समितिका विनोद तिम्सिना

कार्यक्रममा सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । टेक्निकलका विद्यार्थीहरुलाई ओजेटीवापत नगद समेत वितरण गरिएको थियो ।

भलिबल खेलाडीहरुलाई स्पोर्टस मिटको पुरस्कार पनि वितरण गरिएको थियो ।

कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरु टेक्निकलतर्फ राहुलकुमार यादव ३.४८ जिपिए, व्यवस्थापन तर्फ आकाश कुमार रोकाया ३.०७ जिपिए, शिक्षातर्फ अनिल थापा २.८५ जिपिए, मानविकी तर्फ टपेन्द्र देवकोटा २.९४ लाई टपर पुरस्कार वितरण वापत प्रतिव्यक्ति रु. ३ हजार दाताहरु उषा तुलाधर र इ. पद्मलाल महर्जनको तर्फबाट वितरण गरिएको थियो ।