हाम्रो बारे

नेपालको राणा शासन कालमा २००४ साल श्रावण ३ गते जनसेवा माध्यमिक विद्यालयको स्थापना भएको हो । काठमाडांैको दक्षिण भेगकै पुरानो विद्यालयको रूपमा परिचित यस विद्यालय हाल प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ कक्षासम्म र साधारणतर्फ कक्षा प्रारम्भिक बालविकास (इसिडी) देखि कक्षा १२ सम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन भई निरन्तर बृत्ति विकासको गोरेटोमा अगाडि बढिरहेको छ ।
प्राप्त अभिलेख अनुसार पाँगाको छिमेकी गाउँ चोभार निवासी शिक्षाप्रेमी स्व. पण्डित चिरञ्जीवी पोखरेलज्यूले वि.सं. १९८९ मा ज्ञानको उन्नयनको लागि पाँगा क्षेत्रमा भाषा पाठशालाको स्थापना गर्नुभएको थियो । त्यति बेलादेखि नै पठनपाठन सु? भएको पाँगा गाउँमा ज्ञानको ज्योति फैलियोस् भन्ने उद्देश्यले स्थानिय शिक्षाप्रेमी स्व.डिठ्ठा नरबहादुर डंगोलद्वारा राणाकाल जस्तो कठोर समयमा पनि विद्यालय स्थापनाको पूण्य कार्यमा थप टेवा पुुुुुुु¥याउनुुभएको थियो । फलस्वरूप शिक्षाको माध्यमबाट स्थानिय बासिन्दाको उन्नति र प्रगति होस् भन्ने इच्छा आकाङक्षाबाट प्रेरित भई वि.सं. २००४ साल श्रावण ३ गते पाँगामा जलविनायक आधार स्कुलसञ्चालनका लागि दर्ता प्रक्रिया अगाडि बढाइएको थियोे ।
वि.सं. २००७ सालमा पाँगा ढोकाफल टोलमा स्थापना भएको सहिद स्मारक पुस्तकालयबाट प्राप्त अभिलेख अनुसार तत्कालिन शिक्षक इन्दुनाथ अर्यालले साउन २ गते विद्यार्थी भर्ना गराउन जारी गरेको सूचना र तत्कालिन नेपाल सरकार शिक्षा विभाग सरस्वती सदनको लेटर प्याडमा डेपुटी सेक्रेटरी तारामान सिंहले आधार शिक्षा नेपालको तर्फबाट सञ्चालक समितिको नाउँमा खुसी व्यक्त गर्नु भएको कुरालाई आधार मान्दा विद्यालयको विधिवत् स्थापना वि.सं. २००४ साउन ३ गते शुक्रबारलाई मान्न सकिन्छ । तत्श्चात निरन्तर सुव्यवस्थित रूपमा पठनपाठन कार्य सञ्चालन हुँदै स्थानिय आवश्यकता र जनसमुदायको बृहत चाहना अनुसार वि.सं. २०१९ सालमा छुट्टै जनसेवा प्रौढ हाइस्कुलको स्थापना भयो । यस स्कुलर मिडल स्कुलत्यतिबेला एकै भवनमा विहान र दिउँसो पठन पाठन भएकोमा वि.सं. २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति योजना (नयाँ शिक्षा योजना) लागू भए पश्चात् मिडल स्कुलर प्रौढ स्कुलदुवैलाई एकै ठाउँमा गाभी शैक्षिक सत्र २०२९÷२०३० मा जनसेवा माध्यमिक विद्यालयको रूपमा सञ्चालन गरियो ।
विद्यालयको ऐतिहासिक विकास क्रमलाई फर्केर हेर्दा उल्लेखित सालहरूलाई महत्वपूर्ण फड्को मारेको वर्षको रूपमा लिन सकिन्छ ।
– वि.सं. १९८९ मा भाषा पाठशालाको स्थापना
– वि.सं. २००४ साउन ३ मा जलविनायक आधारस्कूल, वि.सं. २००८ मा जनसेवा प्रौढ शिक्षालय
– वि.सं. २०१२ मा जलविनायक मिडल स्कुल
– वि.सं. २०१९ मा जनसेवा प्रौढ हाइस्कुल स्वीकृत
– वि.सं. २०२० मा जनसेवा प्रौढबाट प्रवेशिका परीक्षा ९क्ीऋ० मा सहभागी वि.सं. २०३० जनसेवा प्रौढ र जलविनायक एक भई जनसेवा माध्यमिक विद्यालयमा परिणत, वि.सं. २०६४ जनसेवा उच्च मा.वि स्थापना, वि.सं. २०७० प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङ कक्षा सञ्चालन, वि.सं. २०७० देखि विद्यालयमा स्प्ल्यास् नेपालको फिल्टर खानेपानीको व्यवस्था, वि.सं. २०७०÷०७१ मा उत्कृष्ट परीक्षा केन्द्र घोषणा भई परीक्षा नियन्त्रण कार्यालयबाट पुरष्कृत, -वि.सं. २०७२ सालमा कक्षा ११ मा इलेक्ट्रिकल इन्जिनियरिङ संङ्कायको सञ्चालन वि.सं. २०७३ सालमा कक्षा १२ मा इलेक्ट्रिकल इन्जिनियरिङ सङ्कायको सञ्चालन नेपालको संविधान अनुसार संङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको ७ प्रदेश मध्ये प्रदेश नं ३, हाल बाग्मती प्रदेश, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका वडा नं ५ पाँगामा अवस्थित रहेको विद्यालय हो । २७ं ४०’ ४३.४” उत्तर अक्षांस र ८५ं १६’ ३९.४” पूर्वी देशान्त्तरमा रहेको उक्त विद्यालय भौगोलिक रूपले कृषियोग्य जमिनमा पर्ने विद्यालय हो ।

यो विद्यालय पूर्णरूपमा सरकारी सामुदायिक विद्यालय भएकोले यसले अपनाउने सम्पूर्ण क्रियाकलापहरूलाई सोही सिद्धान्त बमोजिम लागू गर्ने प्रयास गरिएको छ । विद्यालयमा समतामूलक पहुँच, गुणस्तर एवम् आन्तरिक सक्षमतामा सुधार गर्न योजनाबद्ध प्रयास विद्यालय स्तरबाटै गर्नुपर्ने आवश्यकता महसुस गरी आधारभूत तथा प्राथमिक शिक्षा कार्यव्रmम, दोस्रोको सु?वातसँगै आर्थिक वर्ष (आ.व. २०५६÷०५७ देखि १२ जिल्लामा परीक्षणको रूपमा विद्यालय विकास प्रस्ताव निर्माणको प्रारम्भ गरिएकोमा परीक्षणबाट प्राप्त नतिजाका आधारमा यस योजनालाई आ.व. २०५८÷०५९ देखि देशव्यापी रूपमा विस्तार गरिएको थियोे । यसै क्रममा शिक्षा ऐन २०२८ (साताँै संशोधन २०५८) तथा शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले विकेन्द्रीकृत शैक्षिक योजनाको रूपमा विद्यालयमा आधारित योजना, गाउँ शिक्षा योजना र जिल्ला शिक्षा योजनाको व्यवस्था गरिएको छ । यसै सन्दर्भमा, सबैका लागि शिक्षा कार्यव्रmम (वि.सं. २०६१–२०६६), विद्यालय क्षेत्र सुधार कार्यव्रmम (वि.सं. २०६६–२०७२) र विद्यालय क्षेत्र विकास योजना (वि.सं. २०७३–२०८०) मा विद्यालय विकास प्रस्तावलाई महत्वपूर्ण साधनको रूपमा निरन्तरता दिइएको छ ।
त्यही महत्वपूर्ण साधनलाई विद्यालय विकास प्रस्तावको महत्वपूर्ण नीतिगत व्यवस्था अनुरूप यस विद्यालयको योजना निर्माण र कार्यान्वयन गर्नेतर्फ सोच अघि बढाई निरन्तर रूपमा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्धता सहित अघि बढिरहेको विद्यालयका ?पमा यस विद्यालयले हालै टिआई टिआई, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तरका लागि प्राविधिक विद्यालयको प्रतिबद्धतासहित योजना निर्माणमा जुटेको छ । योजना निर्माणले सरोकारवालाहरूको सहभागिता र क्षमता अभिवृद्धिमा निश्चित रूपले टेवा पुग्ने विस्वास लिइएकोे छ । योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालन जस्ता कार्यहरूमा स्थानिय समुदायको सरोकार, सहभागिता, अपनत्व र जवाफदेहितामा पूर्णरूपले लागू गर्ने योजना बनाइएको छ । सबैका लागि शिक्षाको विश्वव्यापी घोषणा सन् १९९० तथा इन्च्योन घोषणा सन् २०१५, दिगो विकास लक्ष्य सन् २०१६–२०३० को विकास लक्ष्य नं. ४ः सबैका लागि समतामूलक तथा समावेशी गुणस्तरीय शिक्षाको सुनिश्चितता र जीवनपर्यन्त सिकाइका अवसरको प्रवद्र्धन गर्ने” जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने मुख्य साधनका रूपमा विद्यालय क्षेत्र विकास योजना सन् २०१६–२०२३ को सु?वात सन्दर्भमा पनि यस विद्यालय नमूना विद्यालय तथा प्राविधिक विद्यालय भैकन अगाडि बढिरहेको सन्दर्भमा थुप्रै आयामहरूमा वृत्ति विकास गर्नुका साथै दिनप्रतिदिन चुनौतिहरू थप्ंदै गएको महशुस गर्न सकिन्छ ।
नेपालको संविधान २०७२ मा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्मको विद्यालय शिक्षाको व्यवस्थापकीय जिम्मेवारी स्थानिय तहमा रहने व्यवस्था गरिएको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत दफा ११ उपदफा (२० को (ज) मा आधारभूत र माध्यमिक शिक्षा लगायत अन्य प्रकारको शिक्षासम्बन्धी नीति, कानुन, मापदण्डका अतिरिक्त योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा नियमन समेतको अधिकारको व्यवस्था गरिएकोमा ऐनले विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार, विद्यालयको नक्साङ्कन व्यवस्थापन लगायत अनुमति, स्वीकृति, समायोजन तथा नियमन समेतको व्यवस्था गरिएको परिवेशमा स्थानिय तहले विद्यालय शिक्षा सम्बन्धी शैक्षिक योजना निर्माण र कार्यान्वयनको लागि सहयोग पु¥याउने उद्देश्यले तयार गरिएको पुस्तिकामा समेत मिल्ने गरी यस विद्यालयको सर्वपक्षीय विकासमा ध्यान पु¥याउने हिसाबले हरेक योजनालाई अगाडि बढाइएको अवस्था छ ।

एक नजरमा जनसेवा विद्यालय
+
वर्षको अनुभव
+
योग्य कर्मचारी
+
क्लब र गतिविधिहरू
k+
पुर्व विद्यार्थी

जनसेवा विद्यालयको हरेक दिन सक्रिय विद्यार्थी र प्रतिभाशाली स्टाफ सदस्यहरूका लागि वरदान जस्तै छ।

देवराज महर्जन – प्रधानाध्यापक
दूरदृष्टि (Vision)

जिल्लाकै पहिचानयुक्त नमूना विद्यालय हुनेछ ।

ध्येय (Mission)

गुणस्तरीय शिक्षालाई सवैको पहुँचमा पु¥याई आधुनिक प्रविधि र दक्ष प्राविधिकमार्फत सवल, सक्षम जीवनोपयोगी सीपयुक्त असल विद्यार्थी उत्पादन गर्न कटिबद्धछौं ।

लक्ष्य (Goal)

लक्ष्यहरू
१. नेपालको उत्कृष्ट नमूना विद्यालय बनाउने,
२. गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पु¥याउने,
३. सबल, सक्षम, जीवनोपयोगी सीपयुक्त विद्यार्थी उत्पादन गर्ने ।

उद्देश्यहरु (Objectives)

१. सिकाई उपलब्धि दर वृद्धि गर्न निरन्तर मूल्याङकन् अवलम्बन गर्ने ।
२. कक्षा छोड्ने वा विद्यालय छोड्ने दरमा न्यूनिकरण गर्ने ।
३. विद्यार्थीको नियमितता कायम गर्न विद्यार्थीमैत्री विद्यालय वातावरण सिर्जना गर्ने ।
४. समुदाय, दातृनिकाय र अभिभावकहरूसँग समन्वय गरी रचनात्मक कार्यक्रमहरु संचालन गर्ने ।
५. विद्यालयलाई समयसापेक्ष प्रविधिमैत्री बनाउने ।