खाद्यान्न आपूर्तिका लागि निवेदन

मिति ः २०८२÷७÷११
यस विद्यालयका कक्षा बालविकासदेखि कक्षा ५ सम्मका जम्मा ५६० जना विद्यार्थी भाइवहिनीहरुलाई विद्यालय खुलेको दिनमा मात्र “दिवा खाजा” खुवाउनका लागि आवश्यक पर्ने सरसामान तथा खाद्यसामग्री आपूर्ति गर्न इच्छुकले विद्यालयले तोकेको विवरण अनुसार गुणस्तरीय सामान आपूर्ति गर्न इच्छुक प्यान दर्ता सप्लायर्स÷फर्म÷कम्पनीलाई यो सूचना प्रकाशित भएको ७ दिन भित्रमा शिलबन्दी निवेदन दर्ता गर्न सूचित गरिन्छ ।

फाराम दर्ता शुल्क रु. १०० मात्र ।
दर्ता अन्तिम मितिः २०८२ कार्तिक १८ गते दिउँसो ४ बजेभित्र
शिलबन्दी खोल्ने मितिः २०८२ कार्तिक १९ गते दिउँसो ४ बजेभित्र उपस्थित हुन ।
नोटः छनोट हुने आपुर्तिकर्ताले विद्यालय खातामा रु. ५ हजार धरौटि राख्नुपर्नेछ ।

प्रधानाध्यापक
देवराज महर्जन