विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री माधवलाल महर्जनको प्रमुख आतिथ्यता र नियमित सल्लाहकार एवं पूर्व प्राचार्य श्री नन्दकुमारी महर्जनको विशेष आतिथ्यतामा यही असोज १२ गते शनिवार जनसेवा शिक्षक कर्मचारी कल्याणकारी कोषको २० औं साधारणसभा सम्पन्न भएको छ ।
अधिवेशनले सल्लाहकारत्रय विद्यालयका प्रअ श्री देवराज महर्जनको संयोजकत्वमा सप्रअ श्री इन्द्रप्रसाद महर्जन र जनाधार सामुदायिक क्याम्पस प्रमुख श्री शिवराम श्रेष्ठको निर्वाचन समितिमार्फत श्री राजेन महर्जनको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति छनोट गरिएको थियो । नयाँ कार्यसमितिमा उपाध्यक्ष श्री निरज महर्जन, सचिव श्री पवित्रा महर्जन, कोषाध्यक्ष श्री रुपा महर्जन, सदस्य श्री अमृता बुढा, सदस्य श्री मन्दिरा गुरुङ र सदस्य श्री शिलकुमारी महर्जन रहेका छन् ।