एसईई÷कक्षा १२ को ग्रेडसिट र प्रमाणपत्र लिनको लागि फर्म भर्नेबारे सूचनाः

यस विद्यालयमा कक्षा १०÷१२ मा अध्ययन गरी उतीर्ण भएका विद्यार्थीको ग्रेडशिट र प्रमाणपत्र लिनको लागि विद्यालयमा क्लियरेन्स अनिवार्य गर्नुपर्ने नियम अनुसार प्रथम चरणमा फर्म भर्नको लागि सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको १ महिनाभित्र विद्यालयले कोठा नं। १०६ बाट उपलब्ध गराएको फाराम भरी पेश भएको ३ दिनपछि मात्र चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रमाणपत्र लिन आउँदा विद्यार्थी भर्ना भएको बेलामा अभिभावक बेनका वा आमा वा बा साथमा हुनुपर्नेछ । क्लियरेन्सको लागि कक्षा ९ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मका सम्पूर्ण पहिलो, दोश्रो र तेश्रो त्रैमासिक परीक्षाको ग्रेडसिट र हाजिरी अनिवार्य कक्षा शिक्षक वा इन्चार्जबाट प्रमाणित गराएको हुनुपर्नेछ । साथै कोठा नं। १०९, १०७, १३, १४, १५, ४५ बाट क्लियरेन्स प्रमाणित भएपछि मात्र कोठा नं. ३८ र कोठा नं. ११० मा सम्पर्क गर्नुपर्नेछ ।– विद्यालय प्रशासन