स्यानिटरी प्याड खरिदका लागि गोप्य कोटेशन आव्हान

प्रथम पटक प्रकाशित मितिः २०८२÷११÷१४
विषय ः गोप्य मूल्य कबोल आह्वानको सूचना
यस विद्यालयका कक्षा ६ देखि १२ सम्मका छात्राहरुका लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्न संघीय ससर्त अनुदानतर्फ कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२÷०८३ को क्रियाकलाप नं. २.७.१३.२३ अन्तर्गत प्याड व्यवस्थापन शिर्षकमा प्रति छात्रा प्रति महिना १३४ का दरले ७ महिनाका लागि कूल २७० जना विद्यार्थीका लागि खरिद गर्नुपर्ने भएकोले सेनिटरी प्याड खरिद गर्न सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम इजाजतपत्र प्राप्त इच्छुक आपूर्तिकर्ता÷फर्म÷कम्पनीबाट १५ (पन्ध्र) दिनको म्यादभित्र गोप्य मूल्य कबोल आह्वान गरिएको छ।
१. खरिद विवरण
सामानको नामः सेनिटरी प्याड
अनुमानित परिमाणः ४५९० प्याकेट
प्राविधिक विवरणः
नेपाल गुणस्तर चिन्ह प्राप्त भएको
प्रति प्याकेट न्यूनतम ८ प्याड, 240 +- 20 mm length , 60-75mm width,  15 +- 2 mm thickness ,

सुरक्षित तथा स्वास्थ्य मापदण्ड अनुरूप
उत्पादन तथा म्याद सकिने मिति स्पष्ट उल्लेख भएको
२. योग्यता
इच्छुक फर्म÷कम्पनीले निम्न कागजात अनिवार्य पेश गर्नुपर्नेछः
दर्ता प्रमाणपत्रको प्रतिलिपि
स्थायी लेखा नम्बर प्रमाणपत्र
कर चुक्ता प्रमाणपत्र (आ.व. २०८१÷०८२)
फर्म÷कम्पनी प्रोफाइल
नमूना (Sample) प्याड कम्तिमा ३ पाकेट
३. मूल्य कबोल पेश गर्ने तरिका
गोप्य (Sealed) खाममा “सेनिटरी प्याड खरिद सम्बन्धी गोप्य मूल्य कबोल” स्पष्ट उल्लेख गर्नुपर्नेछ।
म्याद समाप्ति मितिः प्रकाशन मितिबाट १५ औं दिनको कार्यालय समयभित्र।
खोल्ने मितिः सोही दिन विद्यालय समयपछि करिब ४ बजे।
स्थानः जनसेवा मावि, पाँगा कीर्तिपुर–५
४. अन्य शर्तहरू
न्यूनतम दर प्रस्ताव गर्ने योग्य फर्मलाई प्राथमिकता दिइनेछ।
कार्यालयले कुनै पनि वा सम्पूर्ण प्रस्ताव स्वीकृत÷अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्नेछ।
ढिला गरी प्राप्त प्रस्ताव मान्य हुने छैन। कोठा नं. १०६ मा दर्ता वापत रु. ३०० बील पेश गरेको हुनुपर्नेछ।
प्रधानाध्यापक
जनसेवा माध्यमिक विद्यालय
सम्पर्क नं.ः ४३३१९८२
ईमेलः schooljanasewa@gmaila.com