विद्यालयमा बुक फ्रि डे मनाइयो

भाद्र १४ गते शुक्रवार जनसेवा माविको प्राङगणमा विभिन्न कक्षाका विद्यार्थीहरुलाई तह अनुसारको क्रियाकलाप गराई विषय शिक्षकद्वारा बुक फ्रि डे मनाइएको छ । कक्षा ६–८ का इन्चार्ज रामचन्द्र महर्जनका अनुसार सो दिन गणित विषयमा रामचन्द्र महर्जनले कक्षा ७ ए र बी लाई र कक्षा ८ए र बी लाई बोर्डमा अभ्यास गराउने मौका दिएका थिए । कक्षा ६ र ७ मै कविता चौलागाई मार्फत बादविवाद प्रतियोगितामा कक्षा ६ बी बाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पाउने क्रमशः युनिक साही, कपिल रोकाया, सन्दिप डडाल र उपहार बुढाको नाम सार्वजनिक गरिएको थियो भने कक्षा ७ ए बाट त्यसैगरी क्रमशः हिरण्य जैसी, निराजन भट्ट, विवेक बुढा, र उपकार पुनमगरको नाम सार्वजनिक गरिएको थियो । शिक्षक अमृता बुढाले कक्षा ७ र ८ को सेक्सन ए र बी दुवैमा हाजिरीजवाफ प्रतियोगिता गरेका थिए । शिक्षक पवित्रा शाक्यले कक्षा ८ए र ७ बी मा लेखन प्रतियोगिता, कक्षा ९ बी मा वर्ड पजल, कक्षा ८ बी कथा भनाई, कक्षा ७ ए मा निबन्ध साटासाट का साथ टिफिनपछि गल्र्ज क्लबमार्फत बादविवाद प्रतियोगिता सम्पन्न गरेका थिए । निमावितर्फका शिक्षक मन्दिरा गुरुङले सो दिन ७ को दुवै सेक्सनमा बादविवाद र कक्षा ८ को दुवै सेक्सनमा हाजिरजवाफ प्रतियोगिता गराएका थिए ।