प्रथम पटक प्रकाशित मितिः २०८२÷११÷२६
विषय ः प्रयोगात्मक तालिम प्याकेज गोप्य मूल्य कबोल आह्वानको सूचना
यस विद्यालयका कक्षा ११ र १२ मा होटल मेनेजमेन्ट विषय अध्ययनरत छात्र–छात्राहरुका लागि प्रयोगात्मक कोर्षमा आधारित तपशील बमोजिम्को विषयमा अभ्यास हुने गरी जम्मा ६ दिनको प्याकेज बनाई भ्याटसहितको मूल्य उल्लेख गरी शिलबन्दी कोटेशन आव्हान गरिएकोले इजाजतपत्र प्राप्त इच्छुक आपूर्तिकर्ता÷फर्म÷कम्पनीबाट १५ (पन्ध्र) दिनको म्यादभित्र विद्यालय समयमा दर्ता गर्न यो सूचना प्रकाशित गरिएको छ ।
१. खुलाउनुपर्ने तालिम विवरण
– बरिस्ता १ दिन
– फुड एण्ड बेभरेज सर्भिस १ दिन
– बार १ दिन
– फुड प्रडक्शन (किचेन) २ दिन
– फ्रन्ट अफिस डिपार्ट एण्ड हाउस किपिङ १ दिन
– तालिम समय, तालिम अवधि
– प्रति व्यक्ति लागत
– सहभागीलाई दिइने अन्य सुविधा
२. योग्यता
– इच्छुक फर्म÷कम्पनीले निम्न कागजात अनिवार्य पेश गर्नुपर्नेछः
– दर्ता प्रमाणपत्रको प्रतिलिपि
– स्थायी लेखा नम्बर प्रमाणपत्र
– कर चुक्ता प्रमाणपत्र (आ.व. २०८१÷०८२)
– फर्म÷कम्पनी प्रोफाइल
३. मूल्य कबोल पेश गर्ने तरिका
गोप्य (क्भबभिम) खाममा “होटेल मेनेजमेन्ट प्रयोगात्मक तालिम सम्बन्धी गोप्य मूल्य कबोल” स्पष्ट उल्लेख गर्नुपर्नेछ।
म्याद समाप्ति मितिः प्रकाशन मितिबाट १५ औं दिनको कार्यालय समयभित्र।
खोल्ने मितिः सोही दिन विद्यालय समयपछि करिब ४ बजे।
स्थानः जनसेवा मावि, पाँगा कीर्तिपुर–५
४. अन्य शर्तहरू
न्यूनतम दर प्रस्ताव गर्ने योग्य फर्मलाई प्राथमिकता दिइनेछ।
कार्यालयले कुनै पनि वा सम्पूर्ण प्रस्ताव स्वीकृत÷अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्नेछ।
ढिला गरी प्राप्त प्रस्ताव मान्य हुने छैन। कोठा नं. १०६ मा दर्ता वापत रु. ३०० बील पेश गरेको हुनुपर्नेछ।
प्रधानाध्यापक
जनसेवा माध्यमिक विद्यालय
सम्पर्क नं.ः ४३३१९८२
ईमेलः schooljanasewa@gmail.com
