यस विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन गर्न सक्ने योग्य शिक्षकहरु विशेषगरी स्वास्थ्य शिक्षा, नेपाली शिक्षा र सामाजिक (अध्ययन) विषयका लागि तत्कालै आवश्यक भएकोले इच्छुक योग्यले शैक्षिक प्रमाणपत्र र तस्बीरसहित निःशुल्क निवेदनका लागि यो सूचना दिइएको छ । निवेदनका लागि सम्पर्क कोठा नं. १०६ । कक्षा अवलोकन वा अन्तर्वार्ताको आधारमा शिक्षक छनोट गरिनेछ ।– विद्यालय प्रशासन