यस विद्यालयका कक्षा ७ मा अध्ययनरत युना तामाङ, सुसना श्रेष्ठ र समिता बुढाथोकी यही असोज १२ गते हुने हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने भएका छन् । टिम लिडर युना तामाङको नेतृत्वमा उनीहरुले दुई चरणको प्रतियोगितामा जम्मा ५ वटा राउण्डको चुनौति सामना गर्ने बताइएको छ । कक्षा ६–८ का इन्चार्ज रामचन्द्र महर्जनका अनुसार सहभागी विद्यार्थीहरु यस अघि पनि परियति शिक्षामा उतीर्ण विद्यार्थी हुन् ।