कक्षा १–३ का अभिभावक भेला यही असोज ४ गते सम्पन्न भएको छ । इन्चार्ज अमिता डंगोलका अनुसार भेलामा अभिभावकहरुले आ–आफना समस्या र सुझाव प्रस्तुत गरेका छन् । विद्यालयका प्रअ देवराज महर्जनको सभाध्यक्षतामा भएको उक्त भेला कार्यक्रममा शिक्षकहरूले विद्यार्थीको सिकाई उपलब्धिबारे अभिभावकलाई बताएका थिए । प्रअ महर्जनले घरको संस्कृति र विद्यालयको संस्कृति दुवै मिल्न सके विद्यार्थीले चाँडै सिक्ने तर्क गरेका थिए ।