यही वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदूर दिवसको दिन विद्यालयको प्रि स्कूल कक्षा युकेजीमा उतीर्ण भई ३९ जना विद्यार्थीहरुलाई विद्यालयले दीक्षान्त समारोहमा सम्मान गरेका छन् । विशेष अतिथि त्रिविका प्रा.डा. रामकृष्ण महर्जनको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । विशेष अतिथि प्रा.डा. महर्जनले सवै विद्यार्थीहरुलाई दीक्षित टोपी लगाई व्यवहारमा पनि कुशल हुन शुभकामना दिएका थिए । त्यसैगरी अध्यक्ष महर्जनले कक्षा ५ सम्म प्रथम द्वितीय हुने विद्यार्थीहरुलाई मेडल प्रदान गर्नुभएको थियो । विद्यालयका प्रअ देवराज महर्जनको सभापतित्वमा इन्चार्ज सिर्जना आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।
विद्यालयको हिरक जयन्तीको अवसरमा भुपु विद्यार्थी संघ अन्तर्गत २०५५÷५६ ब्याचद्वारा मृगौला परीक्षणसम्वन्धी कार्यक्रमको प्रस्ताव ल्याइएको छ । भुपु विद्यार्थी संघका अध्यक्ष श्री दुर्कमान महर्जनको उपस्थितिमा सो ब्याचका प्रतिनिधि श्री सचिर महर्जन र विद्यालयका प्रअ श्री देवराज महर्जनवीच भएको छलफल कार्यक्रममा उक्त प्रस्ताव अघि सारिएको हो । छलफलमा जेठ २८ गते शनिवार कार्यक्रम आयोजना गर्ने र भुपु विद्यार्थीको तर्फबाट मास वाकथन कार्यक्रम समेत गरी हरेक हप्ता एउटा एउटा कार्यक्रमको आयोजना गरी अन्त्यमा भव्य साँंस्कृतिक कार्यक्रमका साथ खानेकुरा परिकार मेलाको आयोजना समेत गर्ने प्रस्ताव आएकोले सो सम्वन्धी आवश्यक छलफल र तयारीको लागि जेठ महिनाको १५ गते गणतन्त्र दिवसको दिन विद्यालयमा भेला आयोजना गरिएको कुरा प्रअ महर्जनले सार्वजनिक गर्नुभएको छ ।
जनसेवा माध्यमिक विद्यालयमा कक्षा ११ तथा जनाधार सामुदायिक क्याम्पस विविएस प्रथम वर्षका विद्यार्थीलाई स्वागत
प्रचार प्रसार तथा आर्थिक उपसमितिको बैठक सम्पन्नः
यही शुक्रवार ११ गते प्रचारप्रसार तथा आर्थिक उपसमितिका संयोजक नन्दकुमारी महर्जनको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले खाता संचालनको लागि प्रस्ताव, आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
सहयोग गर्नुहुने दाताहरुमा भुपु प्रअ रामदेवी महर्जन १००००।–, भुपु प्रअ नन्दकुमारी महर्जन २५१००।–, १–५ इन्चार्ज अमिता डंगोल ५०००।– र २०४३ परिवारका सचिव इन्द्रवहादुर महर्जन १०००।– रहेका छन् । अन्य दाताहरुले आर्थिक सहयोगको लागि प्रतिवद्धता जनाएको कुरा पनि बैठकमा प्रगति प्रतिवेदनको रुपमा टिपोट गरिएको थियो ।
हाजिरी जवाफ प्रतियोगिता सम्पन्नः
ब्लु हाउस प्रथम, रेड हाउस द्वितीय, यल्लो थर्ड र सान्त्वनामा हरियो सदनका साथ हाजिरी जवाफ प्रतियोगिता यही शुक्रवार ११ गते सम्पन्न भएको छ । महेन्द्र रत्न क्याम्पस र मंगल बहुमुखी क्याम्पसका छात्र तथा छात्रा शिक्षकहरुको संयोजन र आधारभूत तहका इन्चार्ज रामचन्द्र महर्जन तथा अन्य शिक्षकहरुको उपस्थितिमा सम्पन्न भएको सो प्रतियोगितामा विद्यालयका प्रअ देवराज महर्जनको प्रमुख आतिथ्यमा पुरस्कार वितरण तथा अनुभव पत्र वितरण गरिएको थियो ।
जनसेवा स्मारिकाका लागि लेख रचना पठाउन खुल्ला आव्हानः यस विद्यालयको हिरक जयन्तीको अवसरमा प्रकाशन गर्न लागिएको जनसेवा स्मारिकालाई लेख रचनाको आवश्यक भएकोले स्मारिका उपसमितिको मिति २०७८ पुष ६ गतेको वैठकको निर्णय अनुसार शिक्षामूलक साधारण तथा अनुसन्धानात्मक लेखहरु पठाउनको लागि हार्दिक अनुरोध गरिन्छ । अंग्रेजी अक्षर रोमन टाइम्स १२ फन्ट तथा नेपाली १४ फन्ट प्रिटिमा ५००० शब्दमा नबढ्ने गरी रचना पठाउनु हुन अनुरोध छ । – जनसेवा स्मारिका प्रकाशन उपसमिति संयोजक, प्रा.डा. रामकृष्ण महर्जन प्राविधिक तर्फका विद्यार्थीहरुलाई सूचनाः ओजेटी गरेका विद्यार्थीहरुले सूचना प्रकाशित भएको एक हप्ताभित्र ओजेटी रिपोर्ट इन्चार्ज अविन महर्जनलाई पेश गर्न सूचित गरिन्छ । पेश नगरेमा त्यसको जिम्मेवार स्वयं विद्यार्थी हुनेछ । रिपोर्ट पेशको आधारमा अन्तिम प्रिजेन्टेशन परीक्षाको मिति तय गरिनेछ र ट्रान्सक्रिप्टको लागि सहजीकरण गरिनेछ । – विद्यालय प्रशासन, जनसेवा मावि, पाँगा
सरस्वती पूजा भव्य रुपले सम्पन्नः
माघ २३ गते विद्यालय प्राङगणमा रहेको सरस्वतीको पूजामा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक सेवा आयोगको सदस्य नन्दकुमारी महर्जनको उपस्थितिमा विद्यालयका प्रअ देवराज महर्जनसहित एचआरएमका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा विद्यार्थीको खुल्ला चित्र कला प्रतियोगिता समेत सम्पन्न भयो । सो प्रतियोगितामा भाग लिई अर्थ पूर्ण चित्र बनाउने ११ विद्यार्थीहरुको नामावली यस प्रकार छ ।
रश्मी रिजाल ४वी, कृष्णवहादुर ओली कक्षा ८वी, प्रशान्त भण्डारी कक्षा ८वी, विकास वोहरा ८ए, रिदम बुढा ४वी, विनिता खड्का कक्षा ६, सदिक्षा महर्जन ६ए, सन्तोष सदाय २वी, रोहन श्रेष्ठ ४वी, नारायण बक, सुवास वम ८,
हार्दिक बधाई पुरस्कारको लागि कोठा नं. ३८ मा सम्पर्क गर्नुहोस् ।
फागुन १ बाट भौतिक उपस्थितिमै अध्यापन हुने ।
यही फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमै अध्यापन हुने भएको छ । विद्यालय व्यवस्थापन समितिको ६३१ औ पूर्णाङ्क वैठकले उक्त निर्णय गरेको हो । साविक झैं विहान सेवा र दिवा सेवा दुवैको अध्यापन हुने विद्यालय प्रशासनले सूचना जारी गरेको हो । यस विद्यालयले विद्यार्थीहरुको अध्यापनको लागि यस अघि अनलाइन कक्षाको व्यवस्था गर्दै आइरहेको हो ।