कर्मचारी आवश्यकतासम्वन्धी सूचनाको एक हप्ते सीप परीक्षण हुने बारे जानकारी ः प्रकाशित मितिः २०७८ पुष ८ गते
यस विद्यालयको लागि आवश्यक अप्राविधिक कर्मचारीहरुको लागि लिइएको निवेदन अनुसार दर्ता गर्नु हुनेले विद्यालयमा आई हाजिरीसहित जब वर्णन गरी एक हप्ते सीप परीक्षणमा उतीर्ण गर्नु हुन यो सूचना दिइएको छ । सीप परीक्षणपछि उतीर्ण हुनेलाई मात्र मौखिक परीक्षा लिइनेछ ।– विद्यालय प्रशासन
विषय ः जनसेवा माविको लागि स्टील दराज खरिदसम्वन्धी शिलबन्दी कोटेशन आव्हानः मिति ः २०७८–९–६
यस विद्यालयको लागि स्टिल दराज खरिद गर्नुपर्ने भएकोले इच्छुकले दर रेट राखी शिलबन्दी कोटेशन १५ दिन भित्र पेश गर्न सूचित गरिन्छ । विवरण ः किताब शोकेस भएको झण्डै ६ फिट उचाइ र चौडाई ३ फिट, पुरै तख्ता खापामा शिशा नभएको– तख्ताको उचाइ १ फिटको दरले, पाताको हेभिनेस पनि उल्लेख गरेको हुनुपर्ने । जनसेवा मावि, प्रशासन २०७८ पुष ६ गते थप सम्पर्कको लागि प्रधानाध्यापक ९८४९०२१२७४
विषय ः फलामे पुल र स्टिल रेलिङ निर्माणसम्वन्धी शिलबन्दी कोटेशन आव्हान मिति ः २०७८–९–६
यस विद्यालयमा फलामे पुल र स्टिल रेलिङ निर्माण गर्नुपर्ने भएकोले इच्छुकले दर रेट राखी शिलबन्दी कोटेशन १५ दिन भित्र पेश गर्न आव्हान गरिएको छ ।
विवरण ः
क. विद्यालय ब्लक र चर्पी जोड्ने पुल लम्बाइ ६ मिटर
ख. चर्पीदेखि चर्पीसम्म करिब लम्बाइ ६ मिटर
ग. विद्यालय ब्लकबाट अर्काे ब्लकसम्म करिब लम्बाइ ६ मिटर
घ. भ¥याङ १ समेत
नोटः विद्यालयमा भएको सामानहरु भएसम्म प्रयाप्त उपयोग गर्नुपर्नेछ ।
थप सम्पर्कको लागि खरिद समितिमार्फत प्रधानाध्यापक ९८४९०२१२७४