Message From Principal

This is a unique institution designed to disseminate quality education to students. It is a wonderful & historical performance based school which is famous as one of the foremost education institutions in Nepal. Many students who have been trained within its walls have been leading their successful lives in different walks of life.The inspiration derived from this outstanding success in managing the school, quite naturally, has led us to conduct a school of our own, hence, Janasewa Secondary School (JSS). This is the ideal centre of peaceful, safe institution having hygienic cafeteria, spacious sports field and friendly academic environments. This school aims to help all the students make the most of themselves in terms of academic and social perspective. 

Finally, I would like to welcome all well wishers for a bright future.

Noticeboard

विज्ञान दिवसको अवसरमा तस्बीर खिच्दै क्याप्सन लेख्ने प्रतियोगिताको सूचनाः
असोज १ गते विज्ञान र प्रविधिमा लगानीको विस्तार, सम्मुनति र समृद्धिको आधार भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउनु हुन अनुरोध भए अनुसार यस विद्यालयले आफूलाई मनपर्ने तस्बीर खिची तस्बीरको मुनि उपयुक्त क्याप्सन लेखिएको हुनुपर्नेछ । जनसेवा गु्रपमा लोड गरिएको ती तस्बीरहरुलाई तहगत रुपमा मूल्याङकन गरी पुरस्कृत गरिनेछ । तस्बीर लोड गर्नुपर्ने समय असोज १ गते राती ८ बजेसम्म मात्र । – विद्यालय प्रशासन
 
कक्षा १२ को दुई विषयमा परीक्षा दिन चाहनेलाई अत्यन्त जरुरी सूचनाः
परीक्षा दिएको प्रवेशपत्रको फोटोकपीसहित परीक्षा फाराम भर्न आउन इच्छुक विद्यार्थीहरुलाई यही असोज २ गतेसम्मको म्याद राखिएको व्यहोरा सूचित गरिन्छ । सम्पर्क कोठा नं. १०६– विद्यालय प्रशासन
 
प्रवेश पत्र लिन आउने बारे सूचनाः
१७ गते देखि प्रथम त्रैमासिक परीक्षा हुने भएकोले प्रवेश पत्र लिन बाँकीले समयमै लिनु हुन सूचित गरिन्छ । विद्यालय प्रशासन १५ र १६ गते खुला रहनेछ ।– विद्यालय प्रशासन
 
कक्षा ११ को कक्षा संचालन शुरु भएको बारे सूचनाः
यस वर्षको कक्षा ११ को कक्षा संचालन भाद्र १ गते देखि शुरु भैसकेकोले इच्छुक विद्यार्थीहरुले छिटो भन्दा छिटो विद्यालयमा भर्ना प्रक्रिया गरी लाभ लिनु हुन सूचित गरिन्छ । यस विद्यालयमा कम्प्युटर विज्ञान, कानून, इन्जिनियरिङ, खेलकूद, स्वास्थ्य, होटेल मेनेजमेन्ट, एकाउन्टीङ, अंगे्रजी, नेपाली, चाइल्ड डेभलपमेन्ट आदि विषयको अध्यापन गर्न पाउने सूविधा छ ।– विद्यालय प्रशासन
 
  एसईई विद्यार्थीहरुलाई सगुन तथा बधाई कार्यक्रमको बारे सूचना
यस विद्यालयबाट एसईई उतीर्ण गर्नु भएका विद्यार्थीहरुलाई सगुन उपहार दिने कार्यक्रमको आयोजना भएको हुँदा मिति २०७९ साउन २० गते विहान ८ बजे ब्याडमिन्टन कोर्टमा उपस्थित भै दिनको लागि सूचित गरिन्छ । साथै यस कार्यक्रममा सम्पूर्ण शिक्षक वर्ग तथा इन्चार्जज्यूहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु, पिटिएका पदाधिकारीज्यूहरु समेत उपस्थित भई विद्यार्थीहरुलाई बधाई ज्ञापन गरि दिनुहुन अनुरोध छ ।
 
कक्षा ११ मा भर्ना खुलेको बारे जानकारी
विज्ञान, इलेक्ट्रिकल इन्जिनियरिङ, मानविकी, शिक्षा र व्यवस्थापन विषयहरु कक्षा ११ मा अध्ययन गर्न इच्छुक भए यस विद्यालयको कोठा नं. १०६ बाट फाराम भरी आवश्यक कागजात राखेर प्रवेश परीक्षा दिन आव्हान गरिन्छ ।
भर्नाको लागि चाहिने कागजातहरुः ग्रेडसिट फोटोकपी १, जन्मदर्ता फोटोकपी १, अभिभावकको नागरिकता फोटोकपी १, पासपोर्ट साइज ४ प्रति, चारित्रिक प्रमाणपत्र फोटोकपी १ संलग्न गर्नु
पर्नेछ ।
– विद्यालय प्रशासन
कक्षा १० को एसईई परीक्षाको नतिजाबारे सूचनाः
कुनै विषयमा ग्रेड सी भन्दा तल आएकाको हकमा ग्रेड वृद्धिका लागि भदौ ११ र १२ गते पुनः परीक्षा राखिएकोले इच्छुक विद्यार्थीहरुले फाराम भर्न र ग्रेड वृद्धिका लागि इच्छुकले निवेदन सूचना दिइएको छ ।– विद्यालय प्रशासन
 
शिक्षक आवश्यकताको लिखित तथा मौखिक परीक्षा हुनेबारे सूचना
यस विद्यालयमा माग गरिएको विभिन्न विषय र तहका शिक्षकको आवश्यकताको सन्दर्भमा आज मिति २०७९ साउन १४ गते शनिवार विहान ९ः३० बजे लिखित परीक्षा र त्यस लगतै उतीर्ण भएको हकमा मौखिक परीक्षा समेत हुने भएकोले सरोकार सवैको जानकारीसहित समयमै उपस्थितिको लागि सूचित गरिन्छ । – विद्यालय प्रशासन
 
 
पठनपाठन नहुने बारे सूचनाः
यस विद्यालयको हीरक जयन्तीको अवसरमा साउन ३, ४ र ५ गते ३ दिन लगातार कार्यक्रम भएकोले भोलि मिति २०७९ साउन ६ गते १ दिन पठनपाठन बन्द गरिएको कुरा सरोकार सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । – विद्यालय प्रशासन
 
विभिन्न छात्रवृत्तिको लागि दावी गर्नेबारे सूचनाः
यस विद्यालयमा अध्ययन गरिरहेका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरु असहाय, गरिब, जेहन्दार, विपन्न, अपाङ, महिला, दलित, जनजाति, द्वन्द्व पिडित र सहिद परिवारका विद्यार्थीहरुले शिक्षा नियमावलीले व्यवस्था गरे बमोजिम् आवश्यक प्रमाण सिफारिसका साथ निवेदन दिई दावी गर्न यो सूचना प्रकाशित गरिएको छ । प्राप्त निवेदन दावी अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार छात्रवृत्ति व्यवस्था हुने जानकारी गरिन्छ । निवेदन असारमसान्तसम्म दर्ता गर्न सकिनेछ । प्रधानाध्यापक
 
सूचनाः
विद्यालयको हीरक जयन्तीको अवसरमा भुपु विद्यार्थी २०४५ समूहको रक्तदान कार्यक्रम र २०५४÷५५ को मृगौला जाँच कार्यक्रम यही २८ गते शनिवार हुने भएकोले आ–आफनो गच्छे अनुसार उपस्थित भई सहयोग गर्नु हुन हार्दिक अनुरोध छ । परीक्षण निःशुल्क हुनेछ । रक्तदान पाँगा बसपार्कमा हुने र मृगौला परीक्षण पाँगा लाछिमा हुनेछ । सेवा नै धर्म हो । – विद्यालय प्रशासन
 
अत्यन्त जरुरी सूचनाः
नयाँ भर्नाका लागि लिखित परीक्षा दिई सकेका विद्यार्थीहरुको इन्टरभ्यू गरी भर्ना गरिने भएकोले परीक्षामा सहभागी विद्यार्थीहरुले जेठ २१ गते विद्यालयमा कार्यक्रम भएकोले जेठ २२ गते दिउँसो १ बजे मात्र सम्पर्क राख्न सूचित गरिन्छ । प्राविधिक समस्याका कारण अभिभावकहरुलाई पर्न जाने असुविधाको लागि विद्यालय क्षमा प्रार्थी छ । – विद्यालय प्रशासन
 
प्रवेश परीक्षामा सहभागी हुनेबारे सूचना
जनसेवा माविमा भर्ना हुनका लागि फाराम भरेका सम्पूर्ण कक्षाका छुट विद्यार्थीहरु जेठ १९ गते विहान ८ बजे कोठा नं. ४० मा उपस्थित हुन सूचित गरिन्छ ।– विद्यालय प्रशासन
 
कक्षा ११ को बोर्ड परीक्षा तालिकासम्वन्धी सूचना
यही जेठ २९ गतेदेखि विहान ६ः३० कक्षा ११ को परीक्षा संचालन हुने भएकोले सरोकार विद्यार्थीहरुलाई त्यस अघि नै आ–आपनो प्रवेश पत्र कोठा नं. १०६ बाट क्लियरेन्सकासाथ बुझी लिनु हुन सूचित गरिन्छ । विद्यालयद्वारा प्रकाशित परीक्षा तालिका अनुसार २९ गते नेपाली, ३० गते अंग्रेजी, ३१ गते सामाजिक÷गणित असार १ गते फिजिक्स÷एकाउन्ट÷चाइल्ड डेभलपमेन्ट, २ गते बायोलोजी, सोसियोलोजी, विजिनेस स्टरडी, पोपुलेशन, इन्स्टलेशन, ३ गते केमिस्त्री, इकोनोमिक्स, ऐ.नेपाली, ऐ अंग्रेजी ४ गते विदा, ५ गते विजिनेस म्याथ, होटल मेनेजमेन्ट, मासकम्युनिकेशन, स्वास्थ्य शारीरिक, इएमआई, ६ गते इलेक्ट्रिकल पावर सिस्टम र ७ गते रिपेयर एण्ड मेन्टिनेन्स
नोटः कुनै थप जानकारी चाहिएमा ९८४९०२१२७४ –प्रधानाध्यापक
 
२०७९ जेठ १५ गते लिइएको परीक्षाको नतिजा सूचनाः
तुरुन्तै सम्पर्क राखी भर्ना गर्नुहुन । १०६ कोठा नं. मा सम्पर्क राख्ने, १०७ मा पोशाक सिलाउने । ३८ नं. सम्पर्क राख्ने । भर्ना हुनेलाई नयाँ विद्यार्थी भर्नाको प्रमाणपत्रको व्यवस्था छ ।
१. कक्षा १ का लागि निराजन नेपाली, टमनम राई, भुवन सन्ज्याल, सुप्रीम थारु, सुदिप डाँगी,
२. कक्षा ३ का लागि योगेस रावत, सृष्टि राई युमा राई, विकेस धरला, सन्जना पहारी, निश्चल लम्साल, रिक्सनायल तामाङ
३. कक्षा ४ का लागि सृष्टिकुमारी बम, उपहार बुढा, मिजल थपलिया, अस्मिता ठाकुर, मनोज थापा,
४. कक्षा ५ का लागि शिवम श्रेष्ठ, देव धरला, युवराज जोशी, सुहाना पहारी,
५. कक्षा ७ का लागि इसु राई, पेरिषा रावल, सन्जय भण्डारी
६. कक्षा ८ का लागि शैलेन्द्र आग्री, अस्मिता कार्की, अर्जुन साउद, मिशन थापा,
७. कक्षा ९ का लागि सागर रावल, विमला कुमारी कठायत, ललिता डाँगी, प्रविन्द्र बुढा, राजकुमार राना, अंकित विष्ट, सुशिल बुढा मगर, मुस्कान विक, विपना रिमाल,
 
नयाँ भर्नाको लागि प्रवेश परीक्षा छुट भएकाको सम्वन्धमा सूचनाः
१५ गते गणतन्त्र दिवसको दिन विहान ११ः३० बजेदेखि प्रवेश परीक्षा दिन बाँकी सम्पूर्ण नयाँ विद्यार्थीहरुको परीक्षा कार्यक्रम संचालन हुने भएकोले सरोकार अभिभावकहरुको जानकारीको निम्ति यो सूचना प्रकाशित गरिएको छ । – विद्यालय प्रशासन
 
२०७९ जेठ ८ गते प्रवेश परीक्षामा उतीर्ण हुने विद्यार्थीहरुको नामावलीः
कक्षा ९ को लागि १. कुशल सापकोटा २. मिलन विष्ट ३. अमन रावत ४. सागर परियार ५. सोनिया तामाङ ६. निशान्त भट्ट
कक्षा ८ को लागि १. आकृति घिमिरे २. दिपिशा जोशी ३. अमन राई ४. विवेक पाण्डे ५. जेनिश थापा ६. कुशुम बुढामगर ७. यज्ञराज विष्ट
कक्षा ७ को लागि १. पूर्णिमा २. बसन्त पोखरेल ३. समिर चौधरी ४. शैलेस उपाध्याय ५. गौरब गिरी ६. अमिन रानाभाट ७. अभिशेक बुढा ८. अमित बराल
कक्षा ६ को लागि १. बुद्ध राई २. सन्देश माझी ३. रोशन विष्ट
कक्षा ४ को लागि १. रोशनी धामी २. अशिम धामी
कक्षा ३ को लागि १. रविना कामी २. सुस्मिता बुढा ३. सरिता वोहरा ४. प्रमिला केसी ५. युनिक भुजेल ६. विवेक अवस्थी ७. रन्जना चौधरी ८. प्रविन खड्का ९. सरजी बुढा
कक्षा २ को लागि १. मिलन राज सन्ज्याल २. विनिता विक ३. विपना खत्री ४. यज्ञराज काप्mले ५. सहनशीला तामाङ
कक्षा १ को लागि १. शिषा साही २. विनिता केसी
 
कक्षा १२ को प्रवेश परीक्षा पत्र लिन आउनेबारे सूचनाः
यही जेठ १६ गतेदेखि संचालन हुने कक्षा १२ को परीक्षाको लागि प्रवेश पत्र विद्यालयमा आइसकेको हुनाले क्लियरेन्ससहित समयमै लिन आउने सरोकार सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सम्पर्क कोठा नं. १०६ वा ३९ – विद्यालय प्रशासन
 
अनलाइन परीक्षा दिनेको हकमा अन्तर्वार्ताको लागि मेसेन्जर कल गर्न सूचनाः
नयाँ भर्नाको लागि अनलाइनबाट परीक्षा दिनेको हकमा इन्टरभिउपछि मात्र नतिजा प्रकाशित गरिने व्यहोरा सूचित गरिन्छ ।
विद्यालय प्रशासन
 
नयाँ भर्नाका लागि प्रवेश परीक्षा दिई उतीर्ण हुनेको नामावलीः
कक्षा ९ का लागि मनिसा चापाँगाई, गणेश बडुवाल, सुमित्रा न्यौपाने, विगिन बन्जाडे
कक्षा ८ का लागि कृष कुंवर, चर्तुभुज न्यौपाने, कुश कुमार पन्त
कक्षा ६ का लागि एन्जेल क्षेत्री
नोटः अनुतीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुले सरोकार कागजात साथ लिई विद्यालयमा सम्पर्क राख्न सूचित गरिन्छ ।
विद्यालय प्रशासन
 
नयाँ भर्नाको लागि प्रवेश परीक्षाको नतिजा प्रकाशन बारे ।
शैक्षिक सत्र २०७९ का लागि विभिन्न कक्षामा भर्नाका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको उतीर्ण नतिजा मात्र प्रकाशित गरिएको छ । अनुतीर्ण हुने विद्यार्थीका अभिभावकले विद्यालय प्रशासनमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ । उतीर्ण हुने विद्यार्थी एवं अभिभावकले नियमानुसार कोठा नं. १०६ बाट भर्नाको लागि प्रक्रिया गर्नु हुन अनुरोध छ । उतीर्ण हुनेको नाम यसै पेजमा केही समयपछि लोड गरिनेछ – विद्यालय प्रशासन
 
अनलाइन परीक्षा दिने विद्यार्थीहरुले २६ गते विहान ११ बजे भरेको फर्म आवश्यक कागजातसहित बुझाउन ल्याउने बारे सूचनाः
यस विद्यालयमा कक्षा ६ देखि ९ सम्म भर्नाको सन्दर्भमा प्रवेश परीक्षा लिने भएकोले फर्म भर्ने विद्यार्थी तथा अभिभावकले विद्यालयमा कागजात फर्म सहित तोकिएको समयमा उपस्थित हुन जानकारी गरिन्छ । परीक्षा सवैको विषयको मिश्रित ढाँचामा हुनेछ । अन्यथा परीक्षामा सामेल गराउन बाध्य हुनेछैन । नतिजा प्रकाशन भएको एक हप्ताभित्र भर्ना नभएमा सिट रिजर्भ हुने छैन । – विद्यालय प्रशासन
 
नतिजा प्रकाशन गरिएको बारे ।
प्रवेश परीक्षामा उतीर्ण हुने विद्यार्थीहरुको नामावली यस प्रकार छ । भर्ना १०६ बाट फाराम बुझाएर गर्न सक्नुहुनेछ । नतिजा पास भएकोले एक हप्ता भित्र सम्पूर्ण कागजातसहित भर्ना गर्नुपर्नेछ । अन्यथा सिट रिजर्भ हुने छैन ।
उतीर्ण विद्यार्थीको नामाबलीः
१. कक्षा १ का लागि एलिस र रितु न्यौपाने
२. कक्षा २ का लागि श्रीया पुलामी मगर, स्मिथ, पुष्पकमल बुढाथोकी, प्रदिप वस्नेत, करुणा भट्ट, लक्ष्मण घर्तिमगर
३. कक्षा ३ का लागि देव वुढामगर, सजन, प्रतिक्षा,
४. कक्षा ४ का लागि सन्जिना राई
५. कक्षा ५ का लागि ज्योतीकुमारी थापा, प्रवेश भट्ट, सृष्टि पुलामी मगर, जेनिस पन्त – विद्यालय प्रशासन
 
कक्षा ११ र १२ को परीक्षाफल प्रकाशित गरिएको बारे सूचनाः
यस विद्यालयको दोश्रो त्रैमासिक परीक्षाको नतिजा एपमार्फत प्रकाशित गरिसकेको हुनाले मार्कसिट लिनको लागि आ–आफनो बक्यौता क्लियरेन्स गरी प्रशासनमा सम्पर्क राख्न सूचित गरिन्छ । नतिजा मोबाइल एपबाट हेर्न सक्नुहुनेछ ।– विद्यालय प्रशासन
 
 ड्रेसको लागि नाप दिन विद्यार्थीेहरुलाई सूचनाः
हरेक दिन विहान १२ बजेदेखि १ बजेसम्म कक्षा ६, ७ र ८ का विद्यार्थीहरुको नयाँ युनिफर्मका लागि नाप लिन सूचिकारको व्यवस्था गरिएकोले विद्यालयमा आई नाप्न सूचित गरिन्छ ।– विद्यालय प्रशासन 
 
स्वागत तथा बधाई कार्यक्रम हुनेबारे सूचनाः
यस विद्यालयका कक्षा ११ मा अध्ययरत विद्यार्थी तथा जनाधार सामुदायिक क्याम्पसका विविएस प्रथम वर्षका विद्यार्थीहरुलाई कक्षा १२ र विविएस दोश्रो वर्षको आयोजना एवं विद्यालयको संयोजनमा स्वागत तथा कक्षा १२ उतीर्ण भएका विद्यार्थीहरुका लागि बधाई कार्यक्रम यही चैत्र १८ गते हुने भएकोले सरोकार सवैलाई सूचित गरिन्छ । सहभागी हुन इच्छुक उतीर्ण कक्षा १२ का विद्यार्थीहरुले आफूले लिएको क्यारेक्टरसहित विद्यालयमा आएर नाम दर्ता गर्नुपर्नेछ । सोधपुछका लागि कोठा नं. १०६ मा सम्पर्क राख्न सकिनेछ । – विद्यालय प्रशासन
 
 
क्यारेक्टर लिन लागि जरुरी जानकारीः
 
यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ट्रान्सक्रिप्ट या क्यारेक्टर लिनको लागि निम्न प्रक्रिया गर्नुहोस् ।
१. विद्यालयमा उपलब्ध भएको फर्म भर्नुहोस् । कोठा नं. १०६ बाट लिनुहोस् ।
२. उल्लेखित कागजात संलग्न गरी व्यक्तिगत फाइलका साथ क्लिरेन्स प्रक्रिया गर्नुहोस् ।
३. कोठा नं. १०६, १३, १४, ३५, ४५, ३९, ३८ मा क्रमशः क्लियरेन्सको लागि जानुहोस् ।

 

 
 
 

Contact Us

Our Address

Panga, Kirtipur Municipality-5

Email Us

info@janasewa.edu.np

Call Us

 +977-1-4330880/4331982